सिलोङ (एएफपी), जेष्ठ २३ - भारतको एक विश्वविद्यालयले विद्यावारिधिको नक्कली प्रमाणपत्र वितरण गरेको आरोपमा अनुसन्धान थालेको छ । भारतको उत्तर-पूर्वी राज्य मेघालयको सीएमजे विश्वविद्यालयले यस वर्ष कम्तीमा पनि ४ सयलाई विद्यावारिधि प्रमाणपत्र वितरण गरेपछि छानविन सुरु भएको हो । उक्त विश्वविद्यालयका चारजना अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती प्रमाणपत्रको जाँच सुरु भएको छ । विश्वविद्यालयका उपकुलपति फरार छन् । ती प्रमाणपत्र नक्कली रहेको प्रहरीले आशंका गरेको छ । राज्यको राजधानी सिलोङमा उक्त सन् २००९ मा निजी विश्वविद्यालयका रूपमा यसको स्थापना भएको हो । यति धेरै संख्यामा विद्यावारिधिको प्रमाणपत्र दिन सक्ने क्षमता विश्वविद्यालयको नरहेको भन्दै उजुरी परेपछि प्रहरीले कारबाही सुरु गरेको हो ।
विश्वविद्यालयको वेभसाइटमा विद्यावारिधिका लागि दुईदेखि पाँच वर्षसम्म लाग्ने भनिए पनि सन् २०१२/२०१३ को शैक्षिक सत्रमा मात्र ४ सय ३४ जनालाई उक्त उपाधि दिइएको देखिएको छ । मेघालयका मुख्यमन्त्री मुकुल संघमाले राम्रो विश्वासका आधारमा विश्वविद्यालयलाई सम्बन्धन दिइएको भए पनि यसलाई दुरुपयोग गरिएजस्तो देखिएको बताए । शिक्षाजस्तो संवेदनशिल क्षेत्रमा यस्तो बद्मासी भएको हुन सक्ने भन्दै यसलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिएका छन्
- See more at: http://www.ekantipur.com/np/2070/2/23/full-story/369519.html#sthash.VicT5AcP.dpuf
No comments:
Post a Comment